blog-post

महिला, बिकास, तीज र सशक्तीकरण: सिन्धुली यात्रा सन्समरण

सन्दर्भ अस्ती बिहीवार, सिन्धुली यात्राको । हामी हर्डमा कार्यरत ४ जना सिन्धुलीको भद्रकाली गाबिसको निबुवाटार गाउमा आवस पुनर्निर्माण कार्यक्रम अन्तर्गत राष्ट्रिय पुनर्निर्माण आयोगले स्थापना गरेको अनुदान सम्झौता केन्द्रका गतिबिधी अनुगमन गर्न गैरहेका  थियौ ।

चर्को घाम लागिरहेको थियो । गाउ सुन्सान तर सुन्दर । नेपाली ग्रामीण समाजको चरितार्थ जस्तो । सिन्धुली गढी जाने प्रमुखद्वारबाट ४ किलोमिटर कचची बाटो । लगभग २० मिनट जतिको पिक अप यात्रा पछी हामी सम्झौता केन्द्र पुग्यौ । नजिकैमा स्कुल रहेछ र tiffin को समय रहेछ । केटा केटीहरु आगन्तुकलाई हेरेर मख्ख पर्दै थिए ।

लाभदायकहरुको सम्झौता जोरसोरले चलिरहेको रहेछ । हामीले एक छिन समय मागेर एक-एक जना महिला कम्प्युटर सहयोगी, पन्जिकरण सहयोगी र लेखा सहयोगीसँग कुरा गर्यौ । कुराकानीमा देखिएको सहास, जुझारुपन र कामप्रतीको लगाव प्रसन्सायोग्य थियो ।

एक घण्टा जतीको बसाईपछी हामी फर्कियौ । फर्किने क्रममा एउटा द्रिश्यले हाम्रो ध्यान खिच्यो । एक जना महिला बस्तु चराउदै थिईन् । उनको हातमा मोबाईल र छाता थियो । उनी कसैसँग कुरा गर्दै थिईन्, फर्किन लागेको भन्दै थिईन् ।

घटना सामान्य भएपनी मलाई सोच्न बाध्य पार्यो । मोबाईल र छाता बोक्नु असामान्य थिएन । तर यसले हाम्रो बद्लिदो समाज र चिन्तन सन्केत गर्दै थियो । मोबाईलले संचारसँग महिलालाई मात्रै जोडेको थिएन । त्यसले महिलाको बढ्दो चेतनास्तरलाई पनि जोडेको थियो । बिशेषगरी मेलापात र बस्तु चराउदा मोबाईल साथमा हुँदा महिलाहरु रेडियो सुन्दा हुन्, जानकारीमुलुक कार्यक्रमहरु सुन्दा, चेतनामुलक तीज र महिला ससक्तीकरण सम्बन्धी पनि केही जानकारी लिदा हुन् । ग्रामीण भेगमा पनी महिलाले मोबाईल बोक्न हुन्छ, यो आवश्यक चिज हो भन्ने सोचाइ घरका अगुवा पुरुषहरुले राख्नु पनि बद्लिदो समाजको सुचक होला ।

महिलाहरु बिकासमा अग्रसर भएका यस्तै प्रक्रितीका उदाहरणहरु यात्राका क्रममा गाबिस देखी जिल्ला सदरमुकामसम्म देखियो, भोगियो ।

यात्राबाट भोलीपल्ट फर्कनेक्रममा साँझको तीजको कार्यक्रमको लागि अफिसबाट निम्तो आएको थियो । गाउमा तीज तेती सारो लागेको थिएन । शायद यता दैनिकीकै चटारो थियो । भक्तपुरबाट काठमाडौं सहर पस्दै गर्दा, तीजका गीतहरुले बाटो छेउका पार्टी palace गुन्जायमान थिए । शायद सहरका 'बिकासत' महिलाहरुले भन्ने गरेको progressive empowerment तेही नै थियो होला ।

तर मेरो मन त उही मोबाईल र छाता बोकेकी बस्तु चराउदै गरेकी महिलातिर थियो । शायद 'बिकास'को रस यता पो थियो कि 


Author Info

avatar

सुदीप उप्रेती

Comments(0)

No comments found.

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.